दक्षिण अफ्रिकासँगको टी–२० श्रृङ्खला अष्ट्रेलियालाई


१६ भाद्र २०८०, शनिबार
IMG First T20 South Af 2 1 TPBMHRAO OTMJh1H7G9

काठमाडौँ । दक्षिण अफ्रिकासँगको टी–२० श्रृङ्खला अष्ट्रेलियाले जितेको छ । गए राति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले श्रृङ्खला जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो । उसका लागि म्याथु शर्टले ६६ र मिचेल मार्सले ४५ बलमा नटआउट ७९ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एडियन मार्करमले सर्वाधिक ४९ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सिन एबोट र नाथम एलिसले ३-३ विकेट लिए । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पाँच खेलको एक दिवसीय श्रृङ्खला हुँदैछ । यो श्रृङ्खला सेप्टेम्बर ७ तारिख अर्थात् आउँदो बिहीवारदेखि शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७