पूर्व युवराज पारस शाह अस्पताल भर्ना

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी अस्पतालमा


१६ भाद्र २०८०, शनिबार
paras shah
फाइल फोटो

काठमाडौं । पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि उनलाई ह्याम्स हस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुमा असहज भएपछि शाहलाई अस्पताल ल्याइएको अस्पताल स्रोतको भनाइ छ ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् । उनमा यसअघि पनि मुटुमा समस्या देखिएपछि उपचारपछि निको भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७