पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा एकको मृत्यु, दुईको अवस्था गम्भिर


१७ भाद्र २०८०, आईतवार
accident 2

काठमाडौँ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २६ का पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको सनाखत भइसकेको छैन । दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यी हुन् दुर्घटनाका घाइते

१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने ।

२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा– हात–टाउको–खुट्टामा चोट, बोल्न नसक्ने ।
३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती– ढाड र हातमा चोट अवस्था सामान्य ।

४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक– भित्रि चोट, अवस्था सामान्य ।

५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा– हातमा चोट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७