जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

‘हेल्लो सरकार’ २४ सै घण्टा सञ्चालनमा आउने, ११११ नम्बरमा गुनासो राख्न सकिने


१७ भाद्र २०८०, आईतवार
Prachanda hello sarkar 2 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

Prachanda hello sarkar 3

आज (आइतवार) ‘हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गरेका छन् । उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताए ।

उनले भने, ‘हाम्रा लागि साना तथा धेरै महत्वका नलाग्न सक्ने गुनासोहरु आम जनताको लागि दैनिक जिवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विषय हुन् सक्छन् । गुनासा तथा जिज्ञासाहरु सबै महत्वपूर्ण नै हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुन्छन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।’

सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बता ए।

Prachanda hello sarkar 1

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । आइतवारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापन समेत गरिएको जानकारी दिए । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ । गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७