ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीको बिगो ६२ करोड घटाउन अदालतमा पत्राचार


१८ भाद्र २०८०, सोमबार
chandradev joshi1692614054

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको त्रुटि सच्याउनका लागि जिल्ला अदालत काठमाडौंलाई पत्राचार गरेको छ ।

सीआईबीले नै पत्राचार गरी त्रुटि सच्याइ दिनका लागि आग्रह गरेकोमा सोही बमोजिम जिल्ला अदालतलाई पत्राचार गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । यो मुद्दामा सुरुमा प्रतिवादी पूर्वमन्त्री चन्द्रदेव जोशीबाट ६३ करोड १० लाख बीगो रकम दाबी गरिएको थियो ।

अहिले त्यसलाई सच्याएर १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सरकारी वकिल कार्यालयले जिल्ला अदालतलाई पत्राचार गरेको हो । यससँगै जोशीसँग मागदाबी गरिएको बिगोमा ६२ करोड भन्दा बढीले घट्ने भएको छ । जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले जिल्ला अदालतलाई पत्राचार गर्दै उक्त आग्रह गरेका हुन् ।

143300229372330800 679528150749974 9593043639269812 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७