प्रदेश सांसद अनिरुद्धकुमार सिंह पक्राउ

काठमाडौँ । मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन् । सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद सिंहलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनी राजविराजबाट पक्राउ परेको सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । उनलाई अदालतमा पेस गरिएको छ । उनी मुलतबी रहेको ज्यान मुद्दाका आरोपी समेत हुन् ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दाका सिंह समेत आरोपी हुन् ।