६० किलो सुन प्रकरण : पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान


१९ भाद्र २०८०, मंगलवार
35 Shares
dipesh pun 1200x560 1

काठमाडौँ । गत साउन ३ गते बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगेको छ ।

सीआइबीले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ थालेको हो । त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ । सुन तस्करी प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको हो ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई सोमबार झिकाएर सोधपुछ गरिएको सीआबी स्रोतले जनाएको छ । दिपेशको नाम यसअघि पटक–पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएका थिए । यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७