कोशी र बागमतीमा हल्कादेखि मध्यम बर्षाको सम्भावना


२० भाद्र २०८०, बुधबार
Kuhiro Surkhet 2 scaled

काठमाडौँ । अहिले देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७