महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै


२० भाद्र २०८०, बुधबार
nepali women cricket team zDDbPvXjF4
फाइल फोटो

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज (बुधबार) नेपाल र युएई खेल्दै छन् । मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएको छ ।

यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र युएईको समान ८ अङ्क छ तर, युएई नेटरन रेटको आधारमा शीर्ष स्थानमा छ । आजको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । आजको खेल जितेमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७