एसिया कप खेलेर फर्केको क्रिकेट टोलीलाई भव्य स्वागत (तस्वीरहरु)


२० भाद्र २०८०, बुधबार
35 Shares
cricket team 8

काठमाडौं । एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किएको छ । श्रीलंकन एयलाइन्सबाट आज दिउँसो नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोली समेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् । तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
हेर्नुस् तस्वीरहरु

cricket team 1
cricket team 2
cricket team 3
cricket team 4
cricket team 5
cricket team 6
cricket team 7
cricket team 9
cricket team 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७