पढाइकै कारण दुःख पाएका भूपु गोरखा सैनिक


४ जेष्ठ २०७५, शुक्रबार
Janga Sunuwar ex Gurkha army

काठमाडौं, ३ जेठ । लाहुरेहरुको शासन कस्तो हुन्छ ? सबैको जवाफ आउँछ, सिधा बोल्ने, कोहीसँग नझुक्ने, आफू पनि अनुशासनमा बस्ने र अरुलाई पनि अनुशासनमै बस्न शासन लाद्ने । भनाइै नै छ–अनुशासन सिक्नु परे सैनिकको जीवनशैली पछ्याउनु पर्छ । वास्तविकता पनि त्यही हो । उनीहरुले जागिरमा पसेदेखि अवकाससम्म नै कडा अनुशासनमा बिताएका हुन्छन् । स्वीच दवाएपछि आफै चलिरहने मेशिन जस्तै । अधिकांश लाहुरेले आफूले भोगेको शासन परिवारले पनि पछ्ओस् भन्ने चाहन्छन् । यस्तै प्रतिनिधि पात्र हुन् जंग सुनुवार । त्यो पनि पञ्चायतकालका बेलायती सेनाका छोरा ।Janga Sunuwar ex Gurkha army

मान्छेले आफ्नो मनको इच्छा पूरा गर्न बरु विद्रोह गर्न तयार हुन्छ । तर, अरुका निर्णयलाई खुरुखुरु मान्दैन । तर, जंग सुनुवारले भने आफ्नो इच्छा दबाएर बुबाको इच्छा पूरा गर्ने गरे लुरुलुरु । मनमा लागेका केही कुरा पूरा गर्न पाएनन् । मनको इच्छा पूरा गर्न नपाएको गुनासो मनमै गुम्साएर राखे । अर्थात अधूरो नै रह्यो उनको ‘गिटारिष्ट’ सपना । उनी अहिले त्यो इच्छा चाहेर पनि पूरा गर्न सक्दैनन् । गितारिष्ट बन्ने उनको अधूरो इच्छाले अहिले पनि छोडेको छैन ।

बेलायती आर्मी नबनेको भए गितारिष्ट बन्ने पक्का थियो । तर, अहिले उनी यो सपना जबरजस्ती भुल्नु पर्ने बाध्यतामा छन् । गिटारिष्ट बन्ने उनको सपना अब उनको नाति–नातिनाको बन्न थालेको छ । अथात् उनी उमेरले पनि ६ दशक पुग्नै लागेका छन् । उनले गिटारको तार खुट्याउन सके पनि कडा नियन्त्रण गर्न नसक्ने बताउँछन् । तर, उनलाई अझै पनि उनी गिटारको आवाजसँग मन्त्रमुग्ध बन्छन् । त्यस्तै छ उनको खेलप्रतिको मोह पनि । जवान हुँदा आफूलाई ब्रुस्लीको एक नम्बर फ्यान ठान्ने सुनुवार मार्सल आर्ट भने अलि अलि सिक्न पाए । त्यो पनि अधुरै बन्यो ।

अहिले उनको बुबा नभए पनि त्यही बुबाले देखाएको बाटोमा छन् सुनुवार । आफू बुबाको आज्ञाकारी छोरो बन्न सकेकोमा गौरव गर्छन् । किनकी बुबाको त्यहि कडा अनुशासनले सुनुवार परिवारको असल श्रीमान, बुबा हुन सके । उनी सामाजिक कार्यमा संलग्न छन् । संघ संगठनमा पनि त्यति सक्रिय बनिरहेका छन् । यसको श्रेय बुबालाई दिने गर्छन् सुनुवार । अहिले सुनुवारलाई बुबाले छाडेर गईसकेका छन् । तर, बुबाको मार्गदर्शनले उनलाई पछ्याइरहेका छन् । अहिले उनले घरमा बुबाले जस्तो लाहुरे शासन नलादेको दाबी गर्छन् । पहिले जस्तो जमाना नभएकाले पनि होला उनीसँग लाहुरेको स्वाभाव कहिं कतै झल्किँदैन । अत्यन्तै सरल स्वाभाव छ सुनुवारको ।

29594915 10156095888294774 7706784680594429687 n

सुनुवारको पलटनको किस्सा पनि त्यस्तै छ । २०३८ सालमै बिए सिध्याएका सुनुवार त्यही साल बेलायती सेनामा भर्ती भए । जब लाहुर लागे तब शुरु भयो सुनुवारको दुःखका दिन । दुःख पनि पढेकै कारण पाए । त्यो समयमा पढेको मान्छे औंलामा गन्न सकिन्थ्यो । उनी त्यहिँ दुर्लभमध्येका शिक्षित लाहुरे बने । झण्डै ५ दशक अगाडि नै बिए सकेका सुनुवार लाहुर जानु पर्दा मनमा अमिलो पसेको सम्झन्छन् । सुनुवार बेलायती सेनामा भर्ती हुँदा कखरा छिचोल्नै नसक्नेहरु लाम लागेका हुन्थे ।

उनी लाहुर लाग्नुका कारण नेपालमा अवसर नपाउनु पनि हो । पञ्चायत शासन थियो त्यो समय । राजनीतिक पहुँचका आधारमा मात्रै सरकारी क्षेत्रमा अवसर पाइन्थ्यो । राजनीतिक पहुँच नभएकै कारण उनले लिएको शिक्षा ब्यवहारिक बन्न सकेन । उनी भन्छन्, ‘त्यो समय क्षमताको आधारमा अवसर पाउने भए अहिले पनि नेपाको सेवामा हुन्थें होला ।’ बुबाले हिंड् भनेपछि जुरुक्कै उठेर लाहुर लागेका सुनुवारले लाहुर नगएको भए उहिले नै नामको अगाडि डा. लेखिसकेका हुन्थे । या त राजनीतिज्ञ अथवा पत्रकार हुन्थे ।

मानौं अफठ्यारो परिस्थितिले सिर्जना गरेको सुन्दर बस्तु । उनले आर्जन गरेको शिक्षाको त कदर भएन । पढेकै कारण पीडित बने । चोरको संगत गरे चोर बनिन्छ भन्ने नेपाली उखानसँग मिल्लोजुल्दो बन्यो सुनुवारको जीवन पनि । बेलायमा उनी संलग्न पल्टनमा लगभग १ हजार जवान थिए । सबै नेपाली । बिए गर्ने उनी मात्रै थिए । भने म्याट्रिक गर्ने २ जन मात्रै थिए । अन्य कखरा नै नछिचोलेका । पल्टनका प्रमुख (नेपालमा गणपति, बेलायतमा लेफ्टीनेन्ट कर्णेल) पनि उस्तै थिए । पढेका जवानलाई वास्तै नगर्ने । पढाइको कारण नै बढुवा हुन सकेनन् । जवानमै पेन्सन पकाए घर फर्किए ।

उनलाई पश्चाताप भने छैन । पश्चाताप मानेर केही नहुने उनको बुझाई छ । त्यसैले त कहिले नेपाल ओर्लन्छन्, कहिले आफूले जागिर खाएको देश पुग्छन् । ‘त्यो जमनामा लाहुरेको अत्यन्तै महत्व थियो । गाउँघरमा भनाई थियो ‘लाहुरेहरु सुन खाएर सुन नै दिसा गर्छन् ।’ सुनुवार भन्छन्, ‘तर मैले अमृत खाएर विष ओकलेको जस्तो लाग्यो ।’ अझै पनि समाजमा लाहुरे भन्ने बित्तिकै ऐशआरामको जीवन भन्ने संज्ञा दिन्छन् । तर, वास्तवमा त्यस्तो कहिल्यै सुनुवारले अनुभूति गरेनन् ।

२०३८ सालमा अन्य वर्ष भन्दा धेरै नेपाली युवालाई बेलायती सेनामा भर्ती गरिएको थियो । त्यही बेलायती र अर्जेन्टिनाबीच फोकल्याण्ड टापुको विषयमा विवाद भएपछि युद्ध हुने सम्भावना बढेकाले सेनामा भर्ती बढाइएको थियो । त्यही क्रममा भर्ती भएकामध्ये सुनुवार पनि एक हुन् । बेलायतले युद्धको तयारीका लागि भर्ती गरे पनि अर्जेन्टिनासँगको फोकल्याण्ड युद्धमा जानु परेन । युद्ध भएको भए भन्नै नसक्ने अवस्था हुन्थ्यो भावुक हुँदै सुनुवार भन्छन्, ‘सायद यो समयको अनुभूति गर्न पाउँथे कि पाउँदिन थिएँ ।’

हुन त उनको बाल्यकाल नै यायावर जस्तो छ । मलेसियाको इपुमा जन्मे, हङकङमा बाल्यकाल बिताए र नेपालमा शिक्षा दीक्षा लिए । यस्तो देशाटन जस्तो चाहीं नेपालीहरु विदेशमा पढे पनि एसएलसी नेपालबाटै दिनु पर्ने भएकाले सुनुवारले नेपालमे पढेको रहेछन् । उनले जनकपुरमै बसेर बिएसम्मको अध्ययन गरे । हङकङमा ४ कक्षासम्म अध्ययन गरेर बाँकी जनकपुरमा लिएका हुन् । त्यो समय आईए बिए २, वर्षको हुन्थ्यो । उनले बिए सिध्याउँदा मात्रै २० वर्षको थिए । बाल्यकालमै विदेशमा बाल्यकाल विताए पनि पूर्णरुपमा समाज बुझ्न नसकेकाले न्यास्रो लागेन छ ।

उनले संस्कार, संस्कृतिको खासै भेउ पाएनन् । खानपिन समेत फरक छुट्याउन सकेनछन् । भिन्नता पाए त केवल शिक्षामा । उनले नेपालको शिक्षा व्यवहारिक नपाएको सैद्धान्तिक रुपमा मात्रै रहेको पहिचान गरेका थिए । उनले त्यो बेला नै नेपालको शिक्षामा देखेको समस्या अझै पनि कायम छ । भलै उच्च शिक्षा हासिल गरेको ब्यक्ति समेत रोजगारीका लागि विदेश पुगेका छन् । उनको पनि त्यस्तै बन्यो शिक्षा लिए प्रयोगमा आउन सकेनन् । ०३८ सालदेखि यता दराजमा थन्केका छन् उनको बिएको प्रमाणपत्र । जे होस् त्यो जमानामा पढे लेखेका व्यक्तिको पंतिमा आउँथे सुनुवार ।

अहिले भने उनको दैनिकी परिवर्तन भएका छन् । बृदावस्थामा प्रवेश गर्न लागेका सुनुवारले समृद्ध नेपाल बनेको हेर्न चाहेका छन् । उनी भन्छन्, ‘आफैले गर्न नसके पनि सकारात्मक सोच भएको व्यक्तिलाई साथ दिनुपर्छ ।’ यहि आकांक्षाले उनलाई बेलायतबाट काठमाडौं ओराल्छ । संघ संगठनलाई स्कुल मानेका सुनुवार ज्ञान लिन र दिनमा अत्यन्तै आनन्दित हुन्छन् । नेपाल रहँदा होस्, बेलायत संगठनमा सक्रिय हुन्छन् । छोराछोरीलाई बोटो देखाइसकेका सुनुवार बाँकी जीवन समाज परिवर्तनमा समर्पण गर्ने बताउँछन् ।

कुनै लोभ नभएका सुनुवार काम गर्न पद नै चाहिन्छ भन्ने मान्यता राख्दैनन् । इच्छाशक्ति चाहिने बताउँछन् । त्यसैले उनले संगठनको नेतृत्व लिन मान्दैन । अरुको जोड हैस्टेमा हौसटे थप्छन् । ६ दशक टेक्न लागेका सुनुवार साथीभाइकै सहयोग र सुझावमा बेलायतको आदिवासी जनजाति महासंघको अध्यक्ष चुनिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७