टीआरसीमा प्रधानमन्त्रीलाई सभामुखको जवाफ : दलीय सहमति जुटाउनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) का सम्बन्धमा दलीय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
यही विधेयकलाई अगाडि बढाउने विषयमा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग छलफल गरेका थिए । सोही छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई यस्तो सुझाव दिएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ । विधेयकलाई छिटो अगाडि बढाउन प्रधानमन्त्री दाहालले गरेको आग्रहमा सभामुख घिमिरले यसमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै पहिला दलीय सहमति जुटाउन आग्रह गरे ।