नेपालमा कृषि गर्ने जमिनको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो

४१ लाख ३० हजार ७८९ परिवार खेतीपातीमा


२१ भाद्र २०८०, बिहीबार
28 Shares
Ropai Myagdi
फाइल फोटो

काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् ।

agricultire poppulation 7L82pFzI0R

उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन् । अघिल्लो दशकमा भन्दा कृषक परिवार बढेको देखिएको छ । २०६८ को कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ परिवार कृषक रहेका थिए । त्यसैगरी नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । यो भने अघिल्लो गणनाभन्दा घटेको पाइएको छ । अघिल्लो गणनामा ७१ प्रतिशत कृषक परिवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७