महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिनुपर्ने बताएको छ ।
आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक हमला हुनुपर्ने अवस्था किन आयो भनेर सदनलाई प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे ।
‘घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ र यसबारेमा जवाफ दिनुपर्छ । काठमाडौंको मध्यभागमा यो प्रकारले सत्तापक्षका पार्टीका सहमहामन्त्री तथा संविधानसभा सदस्य असुरक्षित हुने अवस्थाबारे सदनलाई जवाफ दिनुपर्छ,’ सचेतक बर्तौलाले भने । उनले यसअघि प्रमुख प्रतिपक्षी दलका नेता आफ्ने क्षेत्रमा जाँदा आक्रमण हुने गरेको भए पनि ध्यान कम दिइएको बताए ।