सैन्य अभ्यासका लागि आठमाडौं आइपुग्यो अमेरिकी सेनाको टोली


२१ भाद्र २०८०, बिहीबार
US Army 20200612122019 kXQHErLL8k

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ । अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी सैनिक अधिकारी Lim Commnter को नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन् । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ । संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।

सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन् । नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७