चेपाङको चाड मनाउन बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा


२२ भाद्र २०८०, शुक्रबार
154 Shares
Chepang nuwagi dhading

मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ ।
चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७