राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित


२२ भाद्र २०८०, शुक्रबार
samsad 2 scaled

काठमाडौं । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । राष्ट्रियसभामा विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विधेयक छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भइसकेको छ । सो विधेयकमाथि गृहमन्त्रीले अध्ययन गर्न समय मागेका छन् ।

विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७