आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडू गिरफ्तार


२३ भाद्र २०८०, शनिबार
chandra nayadu WBuO3dDm1t

नयाँदिल्ली । भारतस्थित तेलुगु देशम पार्टीका प्रमुख तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

बीबीसी हिन्दीका अनुसार नायडू सीप विकास मुद्दामा उनलाई नन्दयाल जिल्लाबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न सुरक्षा बल पुग्दा नायडू आफ्ना समर्थकहरूसँग आराम गरिरहेका थिए । डीआईजीले उनलाई एपी स्किल डेभलपमेन्ट कर्पोरेसन घोटाला काण्डमा पक्राउ गरिएको बताए।

समाचार एजेन्सी एएनआईका अनुसार चन्द्रबाबु नायडूका वकिलका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेह भएको थाहा भएपछि सीआईडीले उनलाई पहिले मेडिकल चेकअपका लागि लगेको थियो । ती वकिलले भने, ‘उहाँको जमानतका लागि हामी उच्च अदालत जाँदैछौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७