बीपी प्रतिष्ठानको बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते


२३ भाद्र २०८०, शनिबार
accident dharan2023 09 09 09 08 02

सुनसरी । सुनसरीको धरान–१३ जिरोप्वाइन्टमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडीले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बीपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिँदा अम्बिकाको मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएका छन् ।

प्रतिष्ठानको को १ क ११५९ नम्बरको बस ब्रेक फेल भइ प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको छ । स्कुटीमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका चिकित्सक उपेन्द्र यादवले जानकारी दिए । आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७