कोशीमा सकेसम्म मध्यावधि निर्वाचनमा जानु हुँदैन : अध्यक्ष नेपाल


२३ भाद्र २०८०, शनिबार
Madhav nepal surkhet
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा सकेसम्म मध्यावधि चुनाव जान नहुने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए । उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको दाबी गरे ।

अध्यक्ष नेपालले मध्यावधि चुनावमा नगइ सहमतिको सरकार गठन गर्न सकेमा प्रदेशको लागि पनि राम्रो हुने सुझाव व्यक्त गरे । ‘अहिले हामीसँग चार सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वास छ । कोही पार्टीको २९ वटा सिट छ, चुनाव भएपछि त्यो आउँदैन भन्ने डर पनि छ’, उनले भने, ‘अरुलाई डर होला, हामी त त्यो बेलामा जति सिट लिनुपर्ने थियो, लिन सकिएन । हाम्रो पार्टी सकभर त्यता नगई कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७