मन्त्री श्रेष्ठले गरे ट्राफिक प्रहरी कार्यालय चितवनको भवन उदघाटन


२३ भाद्र २०८०, शनिबार
KrishnaAcharya Bharatpur RSS 23 IMG 00741

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा निर्माण भएको सो भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरी र ट्राफिक प्रहरीबाट नागरिकले सास्ती भोगी रहेका गुनासो आइरहेकाले त्यसको अन्त गराउन निर्देशन दिए । ‘अब प्रहरीमा आएका सर्वसाधारण नागरिकले प्रहरीका सेवा पाएपछि खुशी हुने वातावरण बनाउनु पर्छ’, उनले भने ।

Ganga shrestha bagmati mantri

संविधानमा प्रदेशको सुरक्षाको जिम्मा प्रदेश सरकारको भए पनि अहिलेसम्म प्रहरी सेवा प्रदेश सरकारमा संयोजन नभएकोमा गुनासो पोखे । उनले भने, ‘अहिले बनेको गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रहरीलाई छ महिनाभित्र संयोजन गर्ने निर्णय गरेको छ, विश्वास गरौँ यही भदौ ३० गते छ महिना पुग्दै छ । यही अवधि भित्र प्रहरी संयोजन भइसक्ने छ ।’

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालय बागमती हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले समय सापेक्ष प्रहरी सेवाको गुणस्तर सुधारिँदै गएको बताए । उनले भने, ‘नेपाल प्रहरीका तल्लो तहका निकायसम्म बन्दै गरेका संरचनाहरूले प्रहरीको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ । यसले शान्ति सुरक्षा अमनचयनमा पनि सहयोग पुगेको छ ।’ कार्यक्रममा प्रदेश प्रहरी कार्यालयअन्तर्गत टिएसटिका प्रहरी उपरीक्षक ई.ईश्वर थापाले भवन निर्माणको प्रगति विवरण सुनाउँदै नव निर्मित भवन जम्मा ६ हजार ४५० वर्गफिटमा बनेको जानकारी दिए ।

तीन बिगाहा ८ कठ्ठा जग्गा क्षेत्रफलमा बनेको सो भवनमा प्रहरी हबल्दार र जवानका लागि दुई, जुनियर प्रहरी अधिकृतका लागिएका, महिला प्रहरी अधिकृतका लागि एक, कार्यालय कक्ष नौ, किचेन, स्टोर, शौचालय, सोधपुछ कक्ष, गोलघर, डाइनिङ र स्नान कक्ष रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७