अस्ट्रेलिया पठाई दिन्छु भन्दै नौं लाख ठग्ने महिला पक्राउ


२३ भाद्र २०८०, शनिबार
ratna kc shrestha thagi 768x498 1

काठमाडौँ । रोजगारीका लागि अस्ट्रेलिया पठाई दिने भन्दै नौं लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले राजधानीको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।

उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइ दिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् । अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रकम लिएपछि श्रेष्ठ सम्पर्क भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागको पत्राचारको आधारमा कार्यालयको टोलीले शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७