मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ सय नाघ्यो (तस्वीरहरु)


२३ भाद्र २०८०, शनिबार
morocco earthquakes1694245272

काठमाडौं । आज (शनिबार) बिहानको भूकम्पमा परी मोरक्कोमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । त्यहाँको स्टेट टीभीका अनुसार, अहिलेसम्म ६३२ जनाको मृत्यु पुष्टि भएको छ भने ३२९ जना घाइते अवस्थामा फेला परेका छन् । यीमध्ये ५१ जनाको अवस्था चिन्ताजनक रहेको स्टेट टीभीले जनाएको छ ।

६.८ म्याग्निच्युडको भूकम्पसँगै भत्केका घरहरूमा अझै कैयौँ किचिएको हुनसक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसले ठूल्ठूला भवनहरू ढालेको छ । भग्नावशेषमा फसेकाहरूको उद्धारमा बिहानैदेखि टोलीहरू खटेका छन् ।

भूकम्पको केन्द्र मोरक्कोको मराकेश शहरभन्दा ७० किलोमिटर टाढा छ । भूकम्प निकै जोडदार थियो । यसको झट्का मराकेशबाट ३ सय ५० किलोमिटर टाढाको राजधानी रबातमा समेत महसुस गरिएको मिडिया रिपोर्टमा जनाइएको छ । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षणअनुसार, यो १ सय २० वर्षमा उत्तरी अफ्रिकामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् १९०० पछि उक्त क्षेत्रको ५ सय किलोमिटर क्षेत्रमा कुनै पनि एम ५ लेभल वा योभन्दा ठूलो भूकम्प आएको थिएन ।

Morako 1
Morako 2
Morako 3
Morako 4
Morako 5
Morako 6
Morako 7
TOPSHOT – Residents take shelter ouside at a square following an earthquake in Marrakesh on September 9, 2023. Nearly 300 people were killed after a powerful earthquake rattled Morocco on September 8 night, according to a preliminary government count, with Marrakesh residents reporting “unbearable” screams followed the 6.8-magnitude quake. (Photo by Fadel SENNA / AFP)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७