ललिता निवास प्रकरणमा यस्तो छ जिल्ला अदालतको आदेश (पूर्णपाठ)


२४ भाद्र २०८०, आईतवार
adalat ktm1641982779

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरू सबैलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आज (आइतबार) आदेश दिएको छ । यस प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले दिएको उक्त आदेशमा मुख्य योजनाकार भनिएका मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटी माग गरिएको छ । कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५÷१५ लाख, लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ ।

यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ । यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भए पनि अन्य फरार छन् ।
हेर्नुस अदालतको आदेशको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७