गठबन्धनका उम्मेदवार मुइज्जुलाई राष्ट्रपति सोलिहको भन्दा करिब सात प्रतिशत मत बढी


२५ भाद्र २०८०, सोमबार
00 Shares
45607020 607

काठमाडौं । माल्दिभ्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको नतिजा अनुसार कुनै पनि उम्मेदवारले निर्वाचित हुनका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न नसकेको माल्दिभ्सको निर्वाचन आयोग (ईसीएम) ले आइतबार जानकारी गराएको छ ।

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम) र पिपुल्स नेसनल काङ्ग्रेस (पीएनसी) को गठबन्धनका उम्मेदवार मोहम्मद मुइज्जु र वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले क्रमशः ४६.०६ प्रतिशत र ३९.०५ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार दुई लाख ८२ हजार ३९५ मतदातामध्ये दुई लाख २५ हजार ४८६ ले मतदान गरेकोमा दुई लाख २० हजार ६५१ वैध र चार हजार ८३५ मत बदर भएका छन् ।

माल्दिभ्सको संविधानअनुसार कुनै पनि उम्मेदवारलाई पहिलो चरणको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । संवैधानिक प्रावधान अनुसार यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेनन् भने शीर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सेप्टेम्बर ३० मा हुन जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७