हिजो बर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुँदै


२५ भाद्र २०८०, सोमबार
861 Shares
india pakistan1694311021

काठमाडौँ । वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।

आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् । भारतको यो पहिलो सुपर फोरको खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७