सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ


२५ भाद्र २०८०, सोमबार
surya darsan pokhara

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् ।
उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पूर्व अध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको थियो । बचतकर्ताको अर्बौ रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध ९७१ जनाले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७