डडेल्धुरामा वडासचिव मृत भेटिए

डडेल्धुरा । डडेल्धुरामा एक जना वडासचिव मृत भेटिएका छन् । अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् ।
अमरगढी नगरपालिकाकै स्याउलेनजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए । पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिँदैछ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।