एमाले उपाध्यक्ष नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली


२६ भाद्र २०८०, मंगलवार
subash 3 scaled

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । अध्यक्ष ओलीलगायत एमालेका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गाेकर्ण विष्टलगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

1 PdSwhqXOsJ 1

अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेम्वाङको निधनको खबरपछि एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिनका लागि एमाले नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायत पार्टी केन्द्रीय कार्यालयमा बाक्लो उपस्थित रहेको छ । नेम्वाङलाई नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन् ।

subash 1

नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने पार्टी कार्यालयले जनाएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई मंगलबार राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

subash 2
subash 3 1
subash 4
subash 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७