नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु (तस्वीरहरु)


२८ भाद्र २०८०, बिहीबार
Nembang sab yatra 3 scaled

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा पनि दिइएको छ । बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू पनि उपस्थित थिए ।

Nembang sab yatra 1
Nembang sab yatra 2
Nembang sab yatra 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७