जापानमा एकै पटक १३ मन्त्री परिवर्तन


२८ भाद्र २०८०, बिहीबार
Japan cabinet 1694676132

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले एकैपटक १३ मन्त्री फेरेका हुन् । बुधबार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । गत वर्षयता उनले दोस्रो पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन् । बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरालगायत ६ जना वर्तमान क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन् । किनभने, प्रमुख पदहरुमा उनले स्थिरता कायम गर्न खोजेका छन् ।

योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएका छन् । मन्त्रिपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ । जापानमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्य वृद्धिलगायतका कारण सरकारको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७