सलमानको एक किसले योगिताको भाग्य नै ‘कायापलट’


६ जेष्ठ २०७५, आईतवार
Salman

काठमाडौं, ६ जेठ । चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि ‘किस’ कुनै ठूलो कुरा होइन । तर, बलिउड अभिनयमा संघर्ष गरिरहेकी मोडल योगिताका लागि भने चल्तीका एक अभिनेताको किसले भाग्य नै कार्यापलट गरिदिएको छ ।
बलिउड सुपरस्टार सलमान खानको सो ‘दशका दम’ को प्रोमोमा योगिता उनीसँगै देखिइन । Salman

सलमानले योगितालाई चेक दिएर किस गरेको दृष्य यस प्रोमोमा समावेश छ । यसपछि योगिताको भाग्य खुल्यो । उनलाई एकता कपुरको नयाँ शो ‘दिल हि तो है’ बाट प्रस्ताव आयो । त्यस्तै दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनसँग विज्ञापन खेल्ने अफर आयो । उनी अहिले थुप्रै विज्ञापनमा व्यस्त छिन् ।

‘सलमानसँग काम गर्नु मेरो जीवनकै सबैभन्दा ठूलो अनुभव हो,’ उनले भनेकी छिन्, ‘यसपछि मलाई धेरै अफर आए र अहिले म टलिबुडका सुपरस्टार नागार्जुनसँग काम गर्दै छु ।’ ‘दशका दम’ को प्रोमो सुट भएपछि यी सबै प्रोजेक्टबाट काम भएको उनले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७