पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान : क्रेमलिन


२०८० भदौ २९ शुक्रबार ०७:३० बजे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका छन् ।

‘पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहाररूवप प्राप्त गरेका छन् । पेस्कोभले भने, ‘पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिनु भएको छ । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ ।’ पेस्कोभले भने, ‘पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गर्नुभयो ।’

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए । युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो । अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७