मुम्बईमा धावन मार्गबाट चिप्लिँदा आठ जना चढेको विमान दुई टुक्रा


२९ भाद्र २०८०, शुक्रबार
plane india 9XDIIlTOAA

नयाँदिल्ली । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो । जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।

विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।’ नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो । विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७