पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा


२९ भाद्र २०८०, शुक्रबार
287 Shares
131094221 shutterstock editorial 14098157dj1694740113

काठमाडौं । पाकिस्तानविरुद्ध अन्तिम बलमा दुई रन लिन सफल भएपछि श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गए राति साविक विजेता श्रीलंकाले डकवर्थ लुईस पद्दतिअनुसार पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्‍यो । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई आठ रन चाहिएको थियो । पाकिस्तानका जमान खानले अन्तिम ओभरका सुरुवाती चार बलमा दुई रन मात्रै दिएका थिए ।

त्यसपछिका दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । श्रीलंकाका चरिथ असलंकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रन बनाएको हो । अब श्रीलंकाले आइतबार भारतसककंग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७