गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु, दुई जना भागेर जोगिए


२९ भाद्र २०८०, शुक्रबार
Rhino 1 singhe bardiya scaled
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुले भागेर ज्यान जोगाएका छन् । निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

‘महिलाको मृत्यु भएको जानकारी भर्खरै प्राप्त भएको छ, हाम्रो टोली घटनास्थलतर्फ जाँदैछ,’ उनले भने, ‘प्रारम्भिक जानकारी गैडाको आक्रमण भन्ने छ, टोली पुगेपछि थप स्पष्ट हुन्छ ।’ बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७