दीपक–दीपा अब हल सञ्चालक पनि


२९ भाद्र २०८०, शुक्रबार
di

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले आज बिहान हल उद्घाटन गरेका हुन् । हलको उद्घाटनपछि उनीहरूले आईएनआई सिनेमा हलले चलचित्र क्षेत्रको श्रीवृद्धिमा थप योगदान पुर्‍याउने बताए । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्‍याएको भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान खेल्ने विश्वास लिएको उनीहरूले बताए । हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुनेछन् हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ ।

123 1694756143

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन् । हलमा १० करोड रुपैयाँ लगानी रहेको छ । हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए । चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए ।

नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७