उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित)


२९ भाद्र २०८०, शुक्रबार
119 Shares
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । आज (शुक्रबार) को परिषद् बैठकले उक्त निर्णय गरेको हो । उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् । नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १-१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।

परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ । त्यसरी सिफारिस हुनेमा क्रमशः राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीलाई २० औं क्रममा सिफारिस गरेको छ । कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला उनीपछि सिफारिस भएका छन् । न्यायपरिषदले २७ जनामा ६ जना कानुन व्यवसायीको मात्रै नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् । यसअघि न्यायपरिषदले तयार पारेको सूची(रोष्टर)मा प्राथमिकतामा परेका कैयौ व्यक्तिहरु छनौटमा परेका छैनन् ।


हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७