एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, भीम सार्की र आरिफ शेख परेनन्


२९ भाद्र २०८०, शुक्रबार
cricket

काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो । पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी र कुशल भुर्तेल छन् ।

यस्तै दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने पनि टिममा छन् । विनोद भण्डारीले फेरि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोदसँगै विवेक कुमार यादव र अविनाश बोहोराले पनि टिममा स्थान बनाएका छन् ।

एसिया कप क्रिकेट प्रतियोगिता खेलेका भीम सार्की र आरिफ शेख भने टोलीमा पर्न असफल भएका छन् । सार्की र शेखसँगै एसिया कपका लागि टिममा परेका अर्जुन साउद, श्याम ढकाल र किशोर महतोले पनि टिममा स्थान पाएका छैनन् । चीनको आयोजनामा हुन लागेको १९औँ एसियन गेम्सअन्तर्गत नेपालले समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने छ ।

1013199661

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७