संविधान दिवस : यस पटक पदक नबाँड्ने सरकारको निर्णय


२९ भाद्र २०८०, शुक्रबार
prachanda cabinet

काठमाडौँ । सरकारले हरेक वर्ष संविधान दिवसका दिन प्रदान गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो ।

यो पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै एक मन्त्रीले आउँदो वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए । ‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन । खर्च मात्रै बढी भयो’, ती मन्त्रीले भने, ‘यसैले यो वर्ष पदक नबाँड्ने निर्णय भएको छ ।’

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए । राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवाला नजिककाले पाउन थालेपछि यसको महत्व पनि घट्दै गएको थियो । सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक क्रियाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७