काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या


३० भाद्र २०८०, शनिबार
2.9k Shares
Hatyaa HH

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा दुई महिला र दुई जना पुरुष छन् ।

गैह्रीगाउँस्थित दिव्य सः मिल भित्र चार जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ’, उनले भने ।

हत्या हुनेमा दोलखा घर भएका तीन जना र एक जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । हत्याको कारण पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७