एक महिनामा भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स, २६ प्रतिशतले वृद्धि


३१ भाद्र २०८०, आईतवार
money
फाइल फोटो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

गत वर्षको साउनमा ८२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७