सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त : १८ तले ऐतिहासिक भवनमा आगलागी


१ आश्विन २०८०, सोमबार
sudan 8J85rJKNAT

काठमाडौँ । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुमस्थित एक १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो ।

आगलागीमा घाइते भएका वा कसैले ज्यान गुमाएको बारेमा कुनै रिपोर्ट प्राप्त नभएको बीबीसीले जनाएको छ । गएको अप्रिलदेखि खार्तुम र अन्य सहरमा हवाई हमला र लडाइँ हुँदै आएको छ । त्यहाँ १० लाखभन्दा धेरै मानिस देश छोड्न बाध्य भएको राष्ट्रसंघले जनाएको छ । सुडानी सेना र अर्धसैनिर्क यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेताहरू बीचको शक्ति संघर्षबाट सुरु भएको लडाइँ हिँसात्मक बन्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७