विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


२ आश्विन २०८०, मंगलवार
7 Shares
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा मगरसँग एक लाख ९० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
अनुसन्धान हुँदा मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी गर्ने शर्तमा विद्यालयको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ ।

आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाइ गरी लिएको उक्त रकम हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा मगरविरुद्ध सम्पत्ति हानि, नोक्सानी-हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७