भोजपुरमा महिलाको उम्मेदवारी शून्य


७ कार्तिक २०७४, मंगलवार
bhojpur district

भोजपुर : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ ।

bhojpur districtनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनबाट प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेश सभाको लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो ।

त्यस्तै, नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट काँग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो ।
साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट डिल्लीराम बोहोरा, नयाँशक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट धु्रवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा (माले) बाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७