संैबु खानेपानीको नेतृत्व कुँवरको काँधमा


६ जेष्ठ २०७५, आईतवार
photo

ललितपुर, ६ जेठ । सैंबु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा नवराज कुँवर निर्वाचित भएका छन् । शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले उनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दीपक थापामगर, विशुराम थापा, किशोरकुमार कुँवर, रामेश्वर थापा र वीरेन्द्र थापा निर्वाचित भएका छन् ।

photo
कार्यसमितिका सदस्यहरुमा नारायण थापा, भगवती थापा, निरु कुँवर, घनश्याम थापा, विनोद कुँवर, दलबहादुर अछामी, सुदर्शन कुँवर, रामचन्द्र थापा र गंगादेवी खड्का निर्वाचित भएका छन् ।
खानेपानी डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा समाजसेवी दामोदर खड्का, श्रीबालकुमारी सिर्जना क्लबका अध्यक्ष शालिकराम कुँवर ,अध्यक्ष कमलभक्त केसी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७