सिंहदरबार छिर्न खोजेपछि वैद्य निकट ११ शिक्षक पक्राउ


५ आश्विन २०८०, शुक्रबार
teacher 4 scaled

काठमाडौं । काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिएकाहरू मोहन वैद्य किरण नेतृत्वको विद्यार्थी संगठनका केही विद्यार्थी रहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७