छुद्रग्रहको अध्ययन गर्न नासाले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतबार पृथ्वीमा फर्किंदै


६ आश्विन २०८०, शनिबार
nasachudragraha gL5JWre621

काठमाडौँ । छुद्रग्रहको अध्ययन गर्न अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतबार पृथ्वीमा फर्किंदैछ ।

सन् २०१६ को सेप्टेम्बरमा नासाले अन्तरिक्षमा पठाएको ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान ‘बेन्नु’ नामको एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीमा अवतरण हुन लागेको हो । अन्तरिक्ष यान आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सीएनएनले जनाएको छ । यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ ।

स्थानीय समयअनुसार आइतबार ६ बजेर ४२ मिनेटमा अन्तरिक्ष यान पृथ्वीमा अवतरण हुने अनुमान नासाले गरेको छ । यो अवतरण सफल भएमा नासाको विशेष सफलता हुनेछ । अन्तरिक्ष यान बेन्नुु नामको क्षुद्रग्रहबाट सङ्कलन गरेको धुलोको नमूना लिएर पृथ्वीमा फर्किन लागेको हो । सन् २०१६ को सेप्टेम्बर ८ मा प्रक्षेपण भएको यान सन् २०१८ मा बेन्नुको अक्षमा पुगेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७