मुगुको गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी


६ आश्विन २०८०, शनिबार
NBM MUGU IMG 20230923 023957 G3e5qK0E7H

काठमाडौँ । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गए रातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्णरुपमा जलेको र आसपासमा रहेका अन्य घरमा पनि क्षति पुगेको थापाले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । २०७८ साल कार्तिक २९ गते पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७