क्यानको चुनाव : पारसले अग्रता फराकिलो बनाए


६ आश्विन २०८०, शनिबार
Matgadana can 1695466699

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सचिव पदमा भएको चुनाव निकै प्रतिष्पर्धात्मक देखिएको छ । नयाँ नेतृत्वका लागि आज भएको मतदानको मतगणना जारी छ । पदाधिकारीमध्ये सचिव बाहेक पद निर्विरोध भएका छन् । सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन् ।

कूल खसेको ८५ मतमध्ये ५० मतगणना भइसक्दा सचिवमा पारसले अग्रता बढाएका छन् । उनले २९ मत पाउँदा मल्लले २१ मत पाएका छन् । २५ मतगणना हुँदा एक मतले मात्र पारस अगाडि थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७